गोली चलाएर विराटनगर नाका खुलायो, दर्जन बढी घाइते, प्रहरीले टेन्ट लुटेर लगे



संयूक्त मधेशी मोर्चाको आहवानमा विगत १२ दिन देखी विराटनगर भन्सारमा जारी शान्तिपुर्ण धर्नामा प्रहरीले गएराती हस्तक्षेप गरी विथोलेका छन ।प्रहरीले नाकाबन्दी गरी धर्नामा बसेका आन्दोलनकारीहरुलाइ तितर वितर गर्न ४ राउण्ड गोली चलाएका छन । प्रहरीले धर्नामा बसेका आन्दोलनकारी माथी अन्धाधुन्ध लाठी प्रहार गर्दा दर्जन बढी मार्चा कार्यकर्ताहरु घाइते भएको मोर्चाले जनाएको छ । प्रहरीले संघिय सामाजवादी फोरमका केन्द्रिय सदस्य रामविलास यादब, भुराज राइ सहित तीन जनालाइ नियन्त्रणमा लिएको छ ।
मध्यराती ठुलो सख्यामा पुगेका नेपाल प्रहरी र शसस्त्र प्रहरीले टेन्ट तोडफोड गरी लुटेर लगेको र दर्जन बढी मोटरसाइकलको टंकी फुटाएको मार्चाले आरोप लगाएका छन । धर्नामा बसेका महिलाहरुलाइ ताकी ताकी कुटपिट गरेको छ । मार्चाका ५ जना कार्यकर्ता सम्पर्क विहिन भएको मार्चाका नेता जयराम यादबले सप्तरी जागरण अनलाइन लाइ बताए । उनले प्रहरीको बरबरतापुर्ण दमनका विरुद्घ शसक्त रुपमा उत्र्रिने बताए ।
प्रहरीले बल प्रयोग गरेर २१ वटा गाडी नेपाल भित्रयाएको छ । मोरंगका प्रहरी प्रबक्ता डिएसपी प्रमोद खरेलले प्रहरीले माइकिगं गरी बाटो छोडन आग्रह गरे पनि उल्टै प्रहरी माथी आन्दोलनकारीबाट ढुगांमुढा र पेट्रोल बम प्रहारभएपछि आत्मरक्षा गर्नका लागी ४ राउण्ड गोली चलाउनु परेको बताए । उनले संघीय फोरमका दुई जना केन्द्रिय सदस्यलाइ नियन्त्रणमा लिएको बताउदै २ सय ३ वटा गाडी मोरगंबाट सुनसरीतर्फ र ३ सय ५ वटा गाडीहरु मोरगं स्कटीगं गरी भित्रयाएको बताए ।
रानी भंसारको २ नम्बर ढाटमा मोर्चाले गर्दे आएको नाकाबन्दीमा आइबार तराइ मधेश अभियानका नेता जयप्रकाश गुप्ताले पनि ऐक्यबधता जनाएका थिए । पुर्वको काकँडभिटा र विराटनगर भंसारमा नाकाबन्दी गर्ने जिम्मेबारी सघीय समाजबादी फोरमको रहेको छ ।
यता नेपालका तीन ठुला दल र तीनका भातृ संगठन र काठमान्डौ केन्द्रित मिडियाहरुले नाकाबन्दी भारतले गरेको भन्दै विरोध गर्दे आएका छन । भने ठुला तीन दलका कार्यकर्ताहरुले भारतका प्रधानमंत्री नरेन्द्र मोदी र भारतीय झण्डा जलाउने काम भइरहेको छ । खास गरी एमालेका नेता र कार्यकर्ताहरु खरोरुपमा भारत विरुद्घ उत्रिएका छन ।
आइतबार दिउँसो भएको भारतका भन्सार अधिकारी र नेपालका अधिकारी लगायतका सुरक्षा निकाय सहित भएको दुईपक्षीय सहमतिमा नाकाको अवरोध हटाएर आवगमन सुचारु गर्ने सहमति भएको थियो । त्यसैले धर्नामा बसिरहेका कार्यकर्ता हटाउन प्रहरी मध्यरात धर्ना स्थल पुगेको हो । मोर्चा सम्बद्ध नेताका अनुसार पुन: धर्ना दिनका लागि कार्यकर्ताहरु जम्मा भइरहेका छन् । केही बेरपछि पुन: नाका ठप्प पारिने उनको दाबि थियो ।
जन्म भूमि नेपाल.कम's photo.

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्