बिचार /विश्लेषण भारतको नाकाबन्दीको समर्थन जनताले होइन, नेताले गरेका छन् – शान्ता चौधरी


भारतको नाकाबन्दीको समर्थन जनताले होइन, नेताले गरेका छन् – शान्ता नेपाललाई भारतले अघोषित नाकावन्दी लगाएको छ । आन्दोलन गरिरहेका छौं भन्ने केही राजनीतिक दलका सीमित नेता र कार्यकर्ताहरुको धर्नाको बहानामा भारतले नाकावन्दी लगाएको हो । आफ्नो देशका जनतालाई भोकै मार्न भारतलाई सघाउने कस्ता राजनीतिक दल हुन् ? कस्ता राजनीतिक नेता हुन् ? उनीहरुले भोलि चुनाव लड्न पर्दैन ? जनतामा जान पर्दैन ? देश र जनतालाई बरबाद बनाएर उनीहरुले कस्तो राजनीति गरिरहेका छन् ? उनीहरुले आफूलाई सच्याउन जरुरी रहेको छ ।
आफूलाई थारु नेता भन्ने, थारुको नाममा पार्टी चलाउनेहरुले पनि नाकावन्दीको समर्थनमा जनता छन् भन्नु हासोलाग्दो कुरा हो । नाकावन्दीको समर्थन गर्ने काम जनताले गर्छ ? भारतले लगाएको नाकावन्दीको समर्थन गर्ने थारु जनता उनीहरुले कहाँ देखे ? कहाँको थारु जनताको कुरा गर्दैछन् उनीहरु ? थारु या मधेसी समुदायका जनताले मात्र होइन, कोही पनि नेपाली जनताले आफ्नो देशलाई नाकावन्दी गरिँदा समर्थन गर्न सक्दैन । नाकावन्दीलाई थारुले समर्थन गरेका छन् भनेर उनीहरुले थारु समुदायप्रति नै गद्दारी गरेका छन् । जनताको नाम जपेर आफूले जे गरे पनि हुन्छ, देश बरबाद पार्न विदेशी गुहारे पनि हुन्छ भन्नु देश र जनताप्रति अपराध हो । यस्तो अपराध कसैले गर्न हुँदैन ।
देशलाई संकटमा फसाएर कस्तो राजनीति गर्न खोजिएको हो ? उनीहरुले अब स्पष्ट पार्न जरुरी छ । जनता उठेर यस्ता आन्दोलनकारी नेताहरुलाई तिमीले देश बरबाद पारेर, जनतालाई भोकै मारेर के गर्न खोजेको हो भनेर सोध्नुपर्छ । थारु समुदायको समेत नाम बेचेर सीमित दलका सीमित कार्यकर्ताले चलाएको आन्दोलनलाई समर्थन दिएर भारतले ठूलो गल्ती गरेको छ, थारु समुदायको विश्वाश गुमाएको छ ।
अब नेपाल र भारतको सम्बन्ध बिग्रन दिनु हुँदैन । आन्दोलनको नाममा नेपाल भारत सम्बन्ध बिगार्ने धेरै देखा परेका छन् । जनताले नै नाकावन्दी गरेका हुन् भन्ने नेताहरुले नेपाली जनताको प्रतिनिधित्व गर्दैनन् भन्ने भारतले बुझ्न जरुरी छ । नाकावन्दीको समर्थन गरेपछि र नाकावन्दी लगाउन भारतलाई सहयोग गरेपछि आन्दोलनकारी नेताहरुले अलिअलि भएको जनविश्वाश पनि गुमाइसकेका छन् । अब भारतले नेपालको बास्तविकता बुझ्ने र कूटनीतिक सम्बन्ध सुधार्ने काम गर्नुपर्छ । आन्दोलनकारी दलहरुले पनि सहमति गरेर अगाडि बढ्नुपर्छ । यसरी जनतालाई दुख दिने र देश बरबाद पार्ने काम कसैले गर्न हुँदैन ।
देशलाई विपतमा फसाइएको बेला जनता एकजुट भएर अगाडि बढ्नुपर्छ ।
पूर्वसभासद एवम अभियन्ता शान्ता चौधरीको फेसबुक बाट !
जन्म भूमि नेपाल.कम's photo.

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्