संसारकै सबैभन्दा बलियो स्मार्टफोनः न फुट्ने, न त ह्याक नै हुने,,,


एजेन्सी ।

महंगो स्मार्टफोन साथमा हुँदा कतिबेला खस्ला कि कतै के होला कि भनेर डराइरहनु पर्छ । तर अव भने यसको समाधान आएको छ । संसारकै सबैभन्दा बलियो भनिएको स्मार्टफोन बजारमा आउन लागेको छ ।

कम्पनीले दावी गरे अनुसार यो फोन न त फुट्छ न त ह्याक नै हुन सक्छ । टुरिङ मोबाइल ब्राण्डले संसारकै सबैभन्दा बलियो स्मार्टफोन बजारमा लञ्च गर्न लागेको हो ।

आगामी महिना बजारमा आउने यो फोन लिक्विडमोरफियमबाट बनेको बताइएको छ । यसमा भएको बनोट स्टील र एल्युमीनियम भन्दा बढी बलियो हुन्छ ।



एप्पलले पनि आइफोनमा यो धातु प्रयोग गर्छ तर सिम राख्ने ठाउँमा मात्र । साढे ५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनको अपरेटिङ सिष्टम एण्ड्रोइड 5.1 छ तर यूएसबी पोर्ट छैन भने म्युजिकका लागि अडियो ज्याक समेत छैन । यद्यपी ब्लुटूथले भने यसमा काम गर्छ ।

यी सबैका बाबजुत पनि  फोन त्यति महंगो पनि पर्दैन । करिव ४० देखि ५० हजारको हाराहारीमा यो फोन किन्न सकिने बताइएको छ ।

यसमा सुरक्षाका विभिन्न प्रविधी प्रयोग गरिएको छ जसले कुनै पनि हालतमा यसलाई ह्याक गर्न नसकोस ।



यो फोनमा केवल औंठाको छाप अर्थात फिङ्गर प्रिन्टमात्र पासवर्ड बन्न सक्छ ।

पानीमा पनि असर हुँदैन

रमाइलो कुरा त टुरिङको नयाँ स्मार्टफोनमा पानीले समेत असर गर्ने छैन । पानीमा डुबिहालेमा पनि बाहिर निकालेर पुछ्ना साथ फोनले सामान्य काम गर्छ । यो फोनले स्मार्टफोन को दुनियाँमा क्रान्ति गर्ने दावी कम्पनीले गरेको छ ।

, , , , , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्